नेभिगेशन
समाचार

एसईई परीक्षा बिग्रिएको भन्दै बझाङकी छात्राको आत्महत्या

बझाङको केदारस्यूँ गाउँपालिका–१ रायलकी एक छात्राले एसईई परीक्षा बिग्रिएको तनावमा आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।

स्थानीय गर्जेपानी मावि रायलमा अध्ययनरत अन्दाजी १६–१७ वर्षीया आकांक्षा मल्लले मंगलबार आत्महत्या गरेकी हुन्। उनका पिता पूर्ण मल्ल सोही विद्यालयका शिक्षक तथा साहित्यकार हुन्।

परिवारजनका अनुसार मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा ठीकसँग नभएको भन्दै उनी तनावमा थिइन्। परीक्षा सकिएपछि उनले घरमा समेत आफूलाई ठूलो गल्ती भएको बताएकी थिइन्। सोही कारण उनले ज्यान लिएको आशंका गरिएको छ।

विद्यालय प्रशासनका अनुसार आकांक्षा अनुशासित, मेधावी र साहित्यमा रुचि राख्ने छात्रा थिइन्। परीक्षाको तनावले यस्तो नसोचेको दुर्घटना निम्त्याएको विद्यालयका एक शिक्षकले बताए।

विद्यार्थीमाथिको मानसिक दबाबबारे गम्भीर हुनुपर्ने आवश्यकता
शिक्षा तथा मनोविज्ञान विशेषज्ञहरूका अनुसार परीक्षाको दबाबले विद्यार्थीहरूमा गहिरो असर पार्ने गर्छ। अभिभावक, शिक्षक तथा समाजले विद्यार्थीलाई असफलतासँग जुध्न सक्ने आत्मबल दिने वातावरण निर्माण गर्नुपर्ने उनीहरू बताउँछन्।

स्रोत प्रेम बोगटी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update