माधव नेपालले अपानिबाटै हटाए युवा संघ र अनेरास्ववियूका अध्यक्ष
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूका केन्द्रीय अध्यक्षलाई अन्तरपार्टी निर्देशिका–४ जारी गरी पदमुक्त गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूका केन्द्रीय अध्यक्षलाई अन्तरपार्टी निर्देशिका–४ जारी गरी पदमुक्त गरेका हुन्।
अनेरास्ववियू र युवा संघमा रहनुभएका पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकिएको छ,’ अपानिमा भनिएको छ, ‘उहाँहरू सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न निर्देशित गरिन्छ । अनेरास्ववियू र युवा संघका इन्चार्ज तथा सह–इन्चार्जहरूलाई तुरुन्तै उक्त दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन निर्देशन गरिन्छ ।’