नेभिगेशन
समाचार

वडा अध्यक्षहरूको अवरोधका कारण भेरिनगरपालिकाको विकासमा अवरोध

वडा अध्यक्षहरूको अवरोधका कारण भेरिनगरपालिकाको विकासमा अवरोध

वडा अध्यक्षहरूको अवरोधका कारण भेरिनगरपालिकाको विकासमा अवरोध

जाजरकोट भेरिनगर, चैत १० — भेरिनगरपालिकाले अपेक्षा गरेअनुसार विकासको गति लिन नसकेको गुनासो बढ्दै गएको छ। नगरपालिकाका अनुसार केही वडा अध्यक्षहरू जनताको पक्षमा काम गर्न नदिई, व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा विकास योजनाहरू प्रभावित भएका छन्।

नगर प्रमुखका अनुसार, "वडा अध्यक्षहरूले विकास योजना अघि बढाउन सघाउनुको सट्टा आफ्नै भागबण्डाको कुरा मात्र उठाउने गरेका छन्। यसले गर्दा नगरका दीर्घकालीन योजनाहरूमा ढिलाइ हुँदै आएको छ।"

स्थानीय बासिन्दाहरूले पनि योजनाहरू समयमा सम्पन्न नहुनुमा राजनीतिक स्वार्थ र असहयोगी रवैयाको दोष दिएका छन्। भेरिनगरपालिकाले आगामी दिनमा वडा अध्यक्षहरूबीच सहकार्यको वातावरण बनाउन पहल गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update