नेभिगेशन
समाचार

अछाममा SEE को गणित परीक्षा सुरु भएको आधा घण्टामै प्रश्नपत्र बाहिरियो

आज सम्पन्न हुँदै गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत गणित विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको छ।

स्थानीय स्रोतका अनुसार बिहान ८:०० बजे सुरु हुने परीक्षा भन्दा करिब आधा घण्टा अगाडि नै गणित विषयको प्रश्नपत्र सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा लिक भएको पाइएको हो। यस घटनाले परीक्षाको विश्वसनीयता र सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

विद्यालय तहका शिक्षासँग सम्बन्धित अधिकारीहरूका अनुसार प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन भइरहेको छ। सम्बन्धित निकायले दोषी पहिचान गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि घटनाको गम्भीर समीक्षा गर्दै आवश्यक कदम चाल्ने बताएको छ।

अविभावकहरुले परीक्षाको मर्यादा कायम राख्न कडाइका साथ निगरानी गर्न माग गरेका छन्। यस घटनाले देशभरको परीक्षा प्रणालीमै प्रभाव पार्न सक्ने भन्दै अभिभावक, विद्यार्थी तथा शिक्षाविद्हरू चिन्तित देखिएका छन्।

यस घटनाबारे थप जानकारी आउन बाँकी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update