नेभिगेशन
समाचार

सुकुमवासी समस्या समाधानका लागि अतिक्रमणकारी छुट्याइने : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अतिक्रमणकारी र वास्तविक सुकुमवासीलाई छुट्याएर अघि बढ्ने बताएका छन्।
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने तयारी गरिरहेका बेला यस विषयमा चासो र विवाद बढिरहेका छन्।

उता, प्रभावित सुकुमवासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्।
यसैबीच प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै वास्तविक सुकुमवासीलाई पहिचान गरी प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा उपलब्ध गराइने बताएका छन्। उनले वर्षौं पुरानो समस्या अबको सरकारले स्थायी रूपमा समाधान गर्ने दाबी गरेका छन्।


प्रधानमन्त्री शाहले काठमाडौंका नदीकिनार बाहेक पनि हजारौं परिवार वास्तविक रूपमा पीडित रहेको उल्लेख गर्दै हरेक वर्ष बाढीका कारण नदीकिनारमा बसोबास गर्ने नागरिकले ज्यान जोगाउन संघर्ष गर्नुपरेको स्मरण गराएका छन्। “हरेक वर्ष दोहोरिने यो समस्या अब आगामी वर्षका लागि थाती नराखी सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्छ,” उनले भने।
उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुर्घटना हुनुअघि नै समाधान खोज्ने उद्देश्यले सरकारले बस्ती व्यवस्थापनको काम अघि बढाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update