नेभिगेशन
समाचार

पाथीभरा क्षेत्रमा शनिवार दिउँसोदेखि हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिवार दिउँसोदेखि हिमपात भएको छ । दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ । हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए। “जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ ।

यसैबीच, शनिवार मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन् । पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

पाथीभरामा विशेष गरी वडादसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update