नेभिगेशन
समाचार

आज नेपालविरुद्ध ब्याटिङमा नेदरल्याण्ड्स

त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ। 

यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई २० रनले पराजित गरेको नेदरल्याण्ड्सले आज तेस्रो खेलमा नेपाललाई बलिङको निम्तो दिएको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह्र १२ः१५ बजेदेखि खेल हुँदैछ।

यसअघि नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग आठ विकेटले पराजित भएको थियो। उता, नेपाल पनि शनिबार भएको दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले हार ब्यहोरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update