नेभिगेशन
समाचार

जाजरकोट कुसे गाउँपालिकामा ट्याक्टरको ठक्करबाट किशोरको मृत्यु, चालक फरार

जाजरकोटको कुंशे गाउँपालिका-५ दम्दलाबाट सरिया लोड गरी पाँचकाटिया तर्फ जाँदै गरेको ट्याक्टरको ठक्करबाट एक किशोरको ज्यान गएको छ।

मृत्यु हुनेमा भेरी नगरपालिका-२ तिमिलेका १५/१६ वर्षीय सन्तोष सिंह रहेका छन्। साँझ करिब १८:०० बजेतिर ट्याक्टरको ठक्कर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।


घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी चौकी पाँचकाटियाबाट प्र.स.नि. यम बहादुर गुरुङको नेतृत्वमा ५ जनाको टोली तुरुन्तै घटनास्थल पुगेको थियो। हाल रा.१ त. ४४७१ नम्बरको ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

घटनास्थल पाँचकाटियाबाट अन्दाजी एक घण्टा पश्चिम पर्ने बताइएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्र.नि. सन्तोष चन्दको कमाण्डमा ११ जनाको टोली परिचालित गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update