नेभिगेशन
समाचार

SEE परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने दुर्गेश थापाको घोषणा,

काठमाडौं – चर्चित गायक तथा कलाकार दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। विद्यार्थीहरूको पढाइमा बाधा नपरोस् भन्ने उद्देश्यले उनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

दुर्गेश थापाले आफ्नो सन्देशमा परीक्षा केवल अंक ल्याउने साधन मात्र नभई मेहनत, धैर्य र इमानदारीको परीक्षा भएको उल्लेख गरेका छन्। उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ आफ्नो लक्ष्यप्रति समर्पित रहन प्रेरित गर्दै भनेका छन्, "पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन। सफलता तपाईंहरूकै हातमा छ, यसलाई मजबुत बनाउनुहोस्।"

SEE परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनदेखि शुभकामना व्यक्त गर्दै उनले थपे, "मलाई विश्वास छ, सबैजनाले असल नतिजा ल्याएर अभिभावक, शिक्षक र देशलाई गर्व गराउनुहुनेछ।"

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update