नेभिगेशन
समाचार

निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेशको उमेर संशोधन गरिँदै, यी हुन् कारण

निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेशको उमेर संशोधन गरिँदै, यी हुन् कारण

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेश गर्ने उमेर संशोधन गर्ने भएको छ। 

सरकारले अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरूषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो। तर सांसदहरूले सेवा प्रवेशको अधिकतम उमेरमा हेरफेर गर्ने समझदारी जुटाएका हुन्। 

अब कुनै पनि पुरूष उम्मेदवारले ३५ वर्षसम्म लोक सेवाको अधिकृतमा प्रतिस्पर्धा गर्न पाउनेछ। महिलाको हकमा यस्तो उमेर ३९ कायम गर्ने सहमति भएको छ। हाल महिलाको हकमा यस्तो उमेर ४० वर्ष छ। 

उपसमितिमा संयोजक दिलेन्द्र बडुका अनुसार यसरी अधिकतम उमेर हद निर्धारण गर्दा दुई वटा कुरालाई मुख्य आधार बनाइएको छ। 

पहिलो, पढाइ सक्न लाग्ने समय।

सामान्यतया एउटा विद्यार्थीले २२ देखि २३ वर्षमा स्नातक तह उत्तीर्ण गर्छ। हाल निजामती सेवामा अधिकृत तहमा प्रवेश गर्ने शैक्षिक योग्यता स्नातक हो। त्यसैले २१ वर्षदेखि सेवा प्रवेशका लागि दिइएको जायज रहेको उपसमितिको ठहर छ। तर मेडिकल शिक्षा एमबिबिएस लगायतका स्नातक सरहका अध्ययन सक्न विद्यार्थीलाई लामो समय लाग्न सक्ने भएकाले अधिकतम उमेर संशोधन गर्नुपर्ने सांसदहरूको दलिल छ। कुनै व्यक्तिले निजामती सेवा प्रवेश गर्नुअघि स्नातकोत्तर तह अथवा मेडिकल शिक्षातर्फ एमडी गर्न चाहेको अवस्थामा पनि ३२ वर्षको उमेर हद कम हुने उपसमितिका सांसदहरूको बुझाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update