नेभिगेशन
समाचार

महेन्द्र रत्न क्याम्पस स्ववियु निर्वाचन : ईश्वर थापा पुनः अध्यक्ष निर्वाचित

काठमाडौं, ताहाचल – महेन्द्र रत्न क्याम्पस ताहाचलमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु प्यानल नै बिजयी भएको छ। ईश्वर थापा पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। लगातार दोस्रो कार्यकालका लागि विजयी भएका थापाले विद्यार्थीहरूको अपार समर्थनप्रति आभार व्यक्त गर्दै आफू पहिलो निर्वाचनमा जस्तै यसपटक पनि अत्यन्त उत्साहित भएको बताएका छन्।

निर्वाचनमा प्रतिक्रिया दिंदै थापाले भने, "पहिलो निर्वाचनमा जति उत्साह थियो, दोस्रो पटक पनि त्यति नै ऊर्जा र जोशका साथ अगाडि बढ्नेछु। विद्यार्थीहरूले ममा देखाएको विश्वासलाई म प्रभावकारी काममार्फत प्रमाणित गर्नेछु।"

उनले महेन्द्र रत्न क्याम्पसलाई बहुप्राविधिक तथा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने अठोट व्यक्त गरेका छन्। विद्यार्थी हकहित संरक्षण, शैक्षिक वातावरण सुधार, भौतिक पूर्वाधार विकास, प्रशासनिक सहजता तथा समावेशी नीति अवलम्बन गर्दै क्याम्पसलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उनको प्राथमिकता रहेको छ।

स्ववियु निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विद्यार्थी राजनीति, शैक्षिक सुधार तथा क्याम्पस विकासका विभिन्न योजनाहरूलाई सम्बोधन गर्दै नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकाल अघि बढाउने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update