नेभिगेशन
समाचार

समाजसेवी भरतसिंह पेलालाई जाजरकोटको समान

समाजसेवी भरतसिंह पेलालाई जाजरकोटको समान

जाजरकोट । अमेरिकामा बस्दै आएका समाजसेवी भरतसिंह पेलालाई जाजरकोटको पजारुमा स्वागत तथा सम्मान गरिएको छ । छेडागाड नगरपालिका–०९ पजारु जाजरकोटमा रहेको शारदा–शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी समाजसेवी पेलालाई सो सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा स्थानीय बाजागाजा, पैसेरु नाच, देउडा नाच, मयुर नाच लगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो । कार्यक्रममा समाजसेवी पेलाले जाजरकोटसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै आगामी दिनमा यो सम्बन्ध अझै मजबुत बनेर अघि बढ्ने उल्लेख गरे ।

यस्तै, शारदा–शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले आगामी दिनमा समाजसेवी भरतसिंह पेलासँग यहाँका समस्या र समाधानका विषयमा छलफल अघि बढाउने उल्लेख गरे ।

समाजसेवी पेलाले विशेषगरी छेडागाड नगरपालिकामा रहेका विभिन्न वडाहरुमा सामाजिक कामहरु गर्दै आएका छन् । उनले जेएसडी फाउण्डेसनमार्फत विद्यालय, विद्यार्थी र समाजमा भइरहेका समस्या समाधानका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आइरहेका छन् । उनले आगामी दिनमा यस्तो समाजसेवालाई बृहत रुपमा अघि बढाउने योजना अघि सारेको उल्लेख गरेका छन् ।

कार्यक्रममा छेडागाड नगरपालिका–०९ का विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update