नेभिगेशन
समाचार

आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दाको पेसी न्यायाधीश अधिकारीको इजलासमा

आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दाको पेसी न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढेको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको हो । राणाले सिंहविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । सिंहले राणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि  जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् । 

२०८१ जेठ २२ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई मेलमिलापमा पठाउने आदेश गरेको थियो ।तर मेलमिलाप हुन नसकेपछि मुद्दा पुनः सुनुवाइका लागि अदालत नै फर्किएको थियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update