नेभिगेशन
समाचार

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ ।  पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौँलाई उतार्ने सहितकोयोजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।  

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update