नेभिगेशन
समाचार

एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन

एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन

काठमाडौँ ।  नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ ।  पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त  उपलब्धीहरुलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैकोबहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो ।केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको बिशेष प्रस्तावमा उल्लेख छ ।

बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update