नेभिगेशन
समाचार

बारेकोटमा विव्यस अध्यक्षको खुकुरी आक्रमण: गाउँपालिकाका सब-इन्जिनियर गम्भीर घाइते

बारेकोटमा विव्यस अध्यक्षको खुकुरी आक्रमण: गाउँपालिकाका सब-इन्जिनियर गम्भीर घाइते

जाजरकोट ।बारेकोट गाउँपालिकामा कार्यरत  सब-इन्जिनियर हिमाल पुनमाथि खुकुरी आक्रमण भएको छ। उनलाई बारेकोट-६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले खुकुरी प्रहार गरेका हुन्।

घटनाका क्रममा टेकेन्द्र नेपालीले पुनमाथि सानो पेस्तोलजस्तो हतियार देखाएर ज्यान मार्ने धम्कीसमेत दिएका थिए। कुटपिटबाट पुन गम्भीर घाइते भएका छन्। घाइते पुनको प्रारम्भिक उपचार बारेकोटमै गरिएको भए पनि थप उपचारका लागि उनलाई अन्यत्र रेफर गरिएको छ।

आइतबार  सब-इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए। सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीसँग विवाद भएको थियो। सामान्य भनाभनपछि नेपालीले अचानक खुकुरी निकालेर पुनमाथि आक्रमण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरीराम डाँगीका अनुसार कुटपिटका क्रममा पुनको पाखुरा र हिपमा चोट लागेको  बताए ।

आरोपी अझै फरार

घटनापछि टेकेन्द्र नेपाली फरार रहेका छन्। प्रहरी स्रोतका अनुसार उनको खोजी तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

निन्दा र कारबाहीको माग

घटनाप्रति खेलकुद महासंघ जाजरकोटले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। नेपाल निजामती कर्मचारी संगठन बारेकोटले पनि दोषीमाथि कठोर कारबाही हुनुपर्ने माग गरेको छ।

        अहिले घटनाले स्थानीयस्तरमा              व्यापक            चर्चा पाएको छ              भने प्रशासनमाथि दोषीलाई छिटो          नियन्त्रणमा लिन दबाब बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update