नेभिगेशन
समाचार

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

सुर्खेत। पटक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ।त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुने छ ।स्ववियु चुनावलाई लिएर कर्णालीमा राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठानको विषय बनाउनेमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस हुन् ।दुवै प्रदेश राजधानीका ठुला क्याम्पस भएकाले सबैको चासो यिनै दुई वटा शैक्षिक संस्थामा हुन्छ।

यसैबिच चैत्र ५ गतेका लागि तोकिएको सुर्खेत बहुमुखी क्याम्पसकाे चुनाव भने रोकिएको छ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेका थिए।

निर्वाचन समितिले असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।त्यसपछि निर्वाचन समितिको बैठकले निर्णय गरेबमाेजिम प्राप्त उम्मेदवारी दर्ता गरी निर्वाचन प्रक्रिया थप सुरु गर्न खोज्दा विद्यार्थीहरूले नाराबाजी गर्दै तोडफोड गरे,' सूचनामा भनिएको छ, 'अवस्था असहज भएपछि शान्ति सुरक्षा एवम् सार्वजनिक सम्पत्तिको क्षतिलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नहुने बेलासम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको छ।निर्वाचन अधिकृत प्रेम थापाले चुनाव गर्ने/नगर्ने विषयमा अहिले छलफल हुन नसकेकाे र भनेर जिम्मेवार न्युज लाई जानकारी दिए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update