नेभिगेशन
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

बैठकमा उनै पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update