नेभिगेशन
समाचार

राजतन्त्र पक्षधरहरूको नारायणहिटी अगाडि प्रदर्शन

राजतन्त्र पक्षधरहरूको नारायणहिटी अगाडि प्रदर्शन

राजतन्त्र पक्षधरहरूको नारायणहिटी अगाडि प्रदर्शन

काठमाडौं – राजतन्त्र पुनःस्थापनाको माग गर्दै राजतन्त्र पक्षधर समूहले आज नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्।

समाखुसीबाट मोटरसाइकल र्‍यालीसहित प्रदर्शनकारीहरू नारायणहिटी दरबार पुगेका थिए। उनीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न चेतावनीसमेत दिएका छन्। प्रदर्शनका क्रममा उनीहरूले राजतन्त्र पक्षधर नाराहरू लगाएका थिए भने राष्ट्रिय झण्डासमेत फहराएका थिए।

प्रदर्शनको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update