नेभिगेशन
समाचार

खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन्।

खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सिता पम्पमा खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको दुईपिपल देउराली-३ घर भई हाल काठमाडौंको बाफल बस्ने  २० वर्षीय सुशील तामाङ रहेका छन्। 

एकआपसमा विवाद भएपछि तामाङले मोरङको कटारी गाउँपालिका-४ घर भई काठमाडौंको कालीमाटी बस्ने ३० वर्षीय सुवास राईलाई  खुकुरी प्रहार गरेका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक थान खुकुरीसहित पक्राउ गरिएको छ। 

पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान  भइरहेको परिसरले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update