नेभिगेशन
समाचार

दाङमा विद्यालय व्यवस्थापन समिति चयनमा विवाद, वडाध्यक्षद्वारा प्रधानाध्यापक कुटपिट

– घोराही उपमहानगरपालिका–१४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलमा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापक कुटपिटमा परेका छन्।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा एमाले वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष हुनुपर्ने अडान राखेका थिए। तर, अभिभावकहरूको बहुमत उपस्थित नभएका कारण बैठक अघि बढ्न सकेन।

वडा अध्यक्ष बुढाले आफ्नो पक्षको बहुमत देखाउन अभिभावकहरूका फर्जी हस्ताक्षर संकलन गर्न खोजेको आरोप लागेको छ। प्रधानाध्यापकले उक्त कार्य अस्वीकार गरेपछि वडाध्यक्ष बुढाले उनीमाथि हातपात गरेका थिए।

घटनास्थलमै रहेका वडा अध्यक्षका समर्थकहरूले समेत प्रधानाध्यापकलाई निर्घात कुटपिट गरेका थिए, जसका कारण उनी घाइते भएका छन्।

विद्यालयको शान्त वातावरणलाई नै धमिल्याउने यो घटनाप्रति शिक्षक, अभिभावक तथा स्थानीयबासीले आपत्ति जनाएका छन्। यस विषयमा प्रहरी प्रशासनले आवश्यक छानबिन अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update