जाजरकोट जिल्ला, कुसे गाउँपालिका–३ स्थित भगवती माध्यामिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देव बहादुर बस्नेत, विध्यालय व्यवस्थापन समिति का.बा अध्यक्ष कृति बहादुर हमाल, सदस्य करे चदारा कुसे गाउँपालिकाका जनप्रतिनिधि रञ्जना नेपाली, शिक्षकहरू रमेश तिरुवा, नवराज भण्डारी लगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा. सबै विद्यार्थीहरुको गहभरी आशु देख्दा प्रधानाध्यापक देव बहादुर बस्नेतको आँखामा आँसु टिलपिलाएको दृश्यले सबैको हृदय छोयो। विद्यार्थीहरूका उज्ज्वल भविष्यको शुभकामना दिँदा प्रधानाध्यापक मात्र होइन, सम्पूर्ण शिक्षक, अभिभावक, र उपस्थित व्यक्तिहरू भावुक बने। हरेक अनुहारमा बिछोडको पीडा र सम्झनाको मिठास मिसिएको थियो।
विद्यार्थीहरूले विद्यालयमा बिताएका क्षणहरू स्मरण गर्दा, उनीहरूको स्वर भावनाले भरिएको थियो। कसैले पहिलो पटक विद्यालयको ढोका टेक्दाको डर सम्झिए, कसैले साथीहरूसँगको रमाइलो क्षणहरू। शिक्षकमाथि गरेको साना ठट्टा, पढाइका चुनौतीहरू, परीक्षा दिनु अघि आएको तनाव—यी सबै अहिले मीठा सम्झनाहरू बनेका थिए।
शिक्षक रमेश तिरुवाले भने, "हामीले तपाईंहरूलाई शिक्षा मात्र दिएका छैनौं, तपाईंहरूको सपना पनि साँच्ने प्रयास गरेका छौं। तपाईंहरूलाई सफल भएको हेर्नु नै हाम्रो सन्तोष हुनेछ।" यो वाक्य सुन्दा विद्यार्थीहरू झन् भावुक भए। कतिपय विद्यार्थीहरूका आँखा रसाए, कतिले एकअर्कालाई अँगालो हाल्दै आफ्नो भावनालाई थाम्न खोजे।
विद्यालयका गल्लीहरू, कक्षाकोठाका कुना, खेलमैदानका सम्झनाहरू, शिक्षकहरूका मायालु अनुहार—सबैको मनमा एउटा चलचित्रझैं दौडिरहेको थियो। बिदाइको क्षण सधैं नै गाह्रो हुन्छ, तर यो क्षणको गहिराइ भावनाले नाप्न सकिँदैन।
अन्ततः प्रधानाध्यापक बस्नेतले भनीहाले, "तिमीहरू हाम्रा अभिमान हौ। जहाँ गए पनि आफ्नो कर्ममा इमानदार रहनू, सफलताको शिखर चुम्नू।"
उनको स्वर भरभराउ थियो। आँसु थाम्न सक्ने अवस्था थिएन। विद्यालय परिवार मात्र होइन, अभिभावकहरू समेत भावुक बने।
कार्यक्रम बिदाइ मात्र थिएन, आत्मीय सम्बन्धको पुनः पुष्टि पनि थियो। आँसु झरे, तर ती आँसुहरू वेदनाका मात्र थिएनन्—तिनमा माया, सम्झना, अनि अविरल यात्राको प्रेरणा मिसिएको थियो।

विध्यालय को भवन