नेभिगेशन
समाचार

विपक्षी दलका नेता खर्गेले राज्यसभामा भने- कहाँ कहाँ ठोक्नु पर्छ हामी ठोक्दिन्छौँ

विपक्षी दलका नेता खर्गेले राज्यसभामा भने- कहाँ कहाँ ठोक्नु पर्छ हामी ठोक्दिन्छौँ

नयाँ दिल्ली । भारतको राज्यसभामा संसदको बजेट अधिवेशनमा नयाँ शिक्षा नीतिको विषय हाबी भएको छ । यस विषयमा पार्टी र प्रतिपक्षबिच चर्को विवाद भएको हो । मंगलबार राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले एउटा वक्तव्य दिएपछि सदनमा चर्को हंगामा मच्चिएको छखर्गेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको भनाइको निन्दा मात्र गरेनन्, उपसभामुखले बोल्न रोकेपछि उनी रिसाए । उनले अधिनायकवाद चलिरहेको बताए । उपसभामुखले फेरि बोल्न रोकेपछि उनले भने, 'कहाँ कहाँ ठोक्नुपर्छ, हामी ठीकसँग ठोक्दिन्छौँ, सरकारलाई नै ठोक्दिन्छौँ ।' खर्गेको भनाइप्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । राज्यसभाका नेता जेपी नड्डालेले उक्त बयानको निन्दा गरेका छन् । उनले प्रतिपक्षी नेताले यस्तो भाषा प्रयोग गर्नु मान्य नहुने बताए । यो भनाइप्रति खर्गेले माफी माग्नुपर्ने उनले बताए । यसपछि खर्गेले भने, 'यदि मेरो शब्दले कसैलाई चोट पुगेको छ भने म माफी चाहन्छु।' खर्गेले अध्यक्षलाई भने, 'म तपाईसँग माफी माग्छु, तर सरकारको माफी स्वीकार गर्दिनँ।'

सदनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले डीएमके अलोकतान्त्रिक र असभ्य पार्टी भएको बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update