नेभिगेशन
समाचार

सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् ।

सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।

पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दण्डनीय भएको बताए ।

पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन्,’ बर्तौलाले भने, ‘पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

विशेषगरी भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे ।

केही र्‍यालीहरूमा विदेशी विशेषगरी भारतीय जनता पार्टीका नेता उत्तरप्रदेशका मुख्यमन्त्रीको ब्यानरसहितको र्‍याली भइरहेको देखिए । यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ,’ बर्तौलाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update