नेभिगेशन
समाचार

कांग्रेस सगको सहकार्यम कुनै समस्य छैन प्रधानमन्त्री ओलि

कांग्रेस सगको सहकार्यम कुनै समस्य छैन प्रधानमन्त्री ओलि

कांग्रेससँग कसिलो सम्बन्ध रहेको ओलीको ब्रिफिङ, सरकार ढल्नेबारे के भने ?
नेकपा (एमाले) को संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय विपक्षी दलहरुले सरकारको आयुलाई लिएर विभिन्न टिकाटिप्पणी गरिरहेको उल्लेख गर्दै उनले सरकार सहमतिअनुसार अघि बढिरहेको र कांग्रेससँगको सहकार्यमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो सार्वजनिक कार्यक्रममा समेत सरकारको आयुलाई लिएर कडा टिप्पणी गरेका थिए । आजपनि उनले त्यही भनाई दोहोर्याए । उनले विपक्षीहरुले सरकार ढल्दैछ भनेर भ्रम फैलाएको र उनीहरुको सपना कहिल्यैपनि पूरा नहुने दाबी गरे । उनले बरु प्रचण्डको नाम लिएर सरकार ०८४ को निर्वाचन गरेपछि ढल्ने दाबी गरे ।

उनले सदनमा सरकारले ल्याएका अध्यादेशको डटेर पक्षमा वकालत गर्न सांसदहरुलाई निर्देशन दिए । सदनको अब सुरु हुने अधिवेशनमा अध्यादेश निर्णायार्थ पेश गरिने जानकारी गराए । सत्ता गठबन्धनको बैठकमा समेत अध्यादेशको पक्षमा सांसदहरुले आवाज उठाउने सहमति भएको कुरा प्रधानमन्त्री ओलीले आज दोहोर्याएका हुन् । f

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update