नेभिगेशन
समाचार

समस्या तत्काल समाधान गर्न अध्यायदेश ल्याइएको हो : पोखरेल

समस्या तत्काल समाधान गर्न अध्यायदेश ल्याइएको हो : पोखरेल

१९, माघ, चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् । सरकार टिकाउनका लागि नभई जनतालाई सेवा प्रवाहमा सहज बनाउन र लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको उनको भनाइ छ ।

नेकपा एमालेको रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशन उद्घाटन गर्दै नेता पोखरेलले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारे । उनले वर्षौंदेखि जकडिएको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।अध्यादेश पास भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढ्ने उनको दावी थियो । अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुसासनको काम द्रुत गतिमा अगाडि बढ्ने पनि पोखरेलले बताए ।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको सहकार्य भएको स्पष्ट पारे । मुलुक अफ्ठयारोमा पर्दा काँग्रेस र कम्युनिष्टहरू मिल्ले गरेको चर्चा गरेका पोखरेलले २०८४ को निर्वाचनमा भने दुई दल बीच प्रतिस्पर्धा हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update