नेभिगेशन
समाचार

कीर्तिपुरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

कीर्तिपुरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ घर भइ काठमाडौं बस्ने ५२ वर्षीय राजकुमार कार्की, धादिङको महादेववेशी गाउँपालिका–६ घर भएका ३३ वर्षीय फुलबहादुर तामाङ र भारतको बिहारका ३२ वर्षीय महोमद इमरान छन् ।

उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update