नेभिगेशन
समाचार

प्रमाणिकरण गर्न पठाउन चार विधेयक प्रमाणित

राष्ट्रिय सभामा उत्पत्ति भएका तल उल्लिखित ४ वटा विधेयकहरूलाई राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन्।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि मंगलबार राष्ट्रपति समक्ष पठाउने सचिवालयको तयारी छ।

अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, विधायन सम्बन्धी विधेयक २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन्।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरि धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ। राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update