नेभिगेशन
समाचार

राजावादीहरुलाई आचार्यको प्रश्न : सडकबाट राजतन्त्र फर्काउने दुर्मति कसरी पलायो ?

राजावादीहरुलाई आचार्यको प्रश्न : सडकबाट राजतन्त्र फर्काउने दुर्मति कसरी पलायो ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले सडकबाट राजतन्त्र फर्काउँछौं भन्ने दुर्मति कसरी पलायो भन्दै राजावादीहरुलाई प्रश्न गरेका छन् । गणतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाहले स्वेच्छाले किस्तीमा राखेर दिएका हुन् भन्ने भ्रममा नपर्न समेत नेता केसीले राजावादीहरुलाई सुझाव दिएका छन् ।

उनले जनताको बलिदानीपूर्ण संघर्षका अगाडि पराजित भएर पूर्वराजा घुँडा टेकेर नारायणहिटीबाट निस्केर गणतन्त्रकार्यान्वयन गर्न सघाएको सत्य बुझ्न राजावादीहरुलाई आग्रह गरेका छन् । गणतन्त्र ल्याउन पूर्व राजाले समेत सहयोग गरेका कारण अरु देशहरुमा जस्तो राजालाई कुनै कार्वाही नभई उनी र उनको परिवारलाई सम्मानपूर्वक नागरिक सरह देशभित्रै शान्तिपूर्ण रुपमा बस्न, ब्यापार गर्न, घुमफिर गर्न, बोल्न स्वतन्त्रता मिलेको केसीले बताएका छन् ।केन्द्रीय सदस्य आचार्यले जनताले ल्याएको उद्धार लोकतन्त्रको उपयोग पूर्वराजाले पनि गर्न पाइरहेको टिप्प्णी गरेका छन् । उनले जनतासँग लड्दा विश्वमा धेरै राजाहरुको पतन भएको इतिहास रहेको जनाउँदै लोकतन्त्रले दिएको सुविधालाई दुरुपयोग नगर्न समेत पूर्वराजालाई चेतावनी दिएका छन् । केन्द्रीय सदस्य आचार्यले राजतन्त्र र जनताबीचको लडाईमा जनताले कहिल्यै नहारेको इतिहास बुझ्न समेत पूर्वराजा र राजावादीहरुलाई आग्रह

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update