नेभिगेशन
समाचार

जाजरकोटमा एक पुरुषको रहस्यमय मृत्यु, हत्याको आशंका, ७ जना पक्राउ

जाजरकोटमा एक पुरुषको रहस्यमय मृत्यु, हत्याको आशंका, ७ जना पक्राउ

जाजरकोटको जुनीचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको शव फेला परेको हो । शाही माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए ।

खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा स्थानीय काड्य खोला भन्ने ठाउँमा उनि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

माघ १८ गते बिहान ९ः३० बजे इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो ।

प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टमको तयारी भएको छ । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको प्रमुख पाण्डेले बताए । “खेलकुद कार्यक्रम सकिएपछि शाही साथीहरूसँग घर फर्किएका थिए । घर जाने क्रममा बाटोमै झगडा भएको बुझिएको छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको

मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । अनुसन्धानका लागि प्रहरीले १ महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा रहेकाहरु संग आवश्यक सोधपोछ भइरहेको प्रहरीको भनाइ छ ।

पीडित पक्ष जाहेरी दर्ता गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएपछि घटनाको थप विवरण सार्वजनिक गरिनेछ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update