फागुन २५ – सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गरिनु पर्ने माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभर शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। महासङ्घले यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै विभिन्न चरणका दबाबमूलक कार्यक्रम अघि बढाएको छ।
शिक्षकहरूका मागहरू पूरा नगरे शिक्षा क्षेत्रमा अस्थिरता बढ्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार, "सरकारले पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगर्दा शिक्षकहरू आन्दोलनमा जान बाध्य भएका छन्।
शिक्षक महासङ्घका प्रतिनिधिहरूले हालसम्म सरकारसँग वार्ता गर्दै आए पनि ठोस निर्णय नआएको गुनासो गरेका छन्। उनीहरूले विद्यालय शिक्षाको कानुनी संरचना स्पष्ट बनाउन ऐन आवश्यक भएको र यसले शिक्षक, विद्यार्थी तथा अभिभावकहरू सबैलाई समान रूपमा लाभ पुर्याउने बताएका छन्।
यसैबीच, महासङ्घले आन्दोलनलाई थप सशक्त बनाउन चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको छ। पहिलो चरणमा जिल्लास्तरीय दबाब कार्यक्रम, दोस्रो चरणमा प्रदेशस्तरीय प्रदर्शन र तेस्रो चरणमा काठमाडौं केन्द्रित प्रदर्शन गरिने योजना छ।