नेभिगेशन
समाचार

दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउसो १ बजे र राष्ट्रियसभाको बैठक दिउसो सवा १ बजे सुरु हुनेछ । 

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–०८१’ पेस गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update