नेभिगेशन
समाचार

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।

पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ ।नयाँ समय तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ ।

अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ ।

यसअघि माओवादीले जनतातिर फर्किने भन्दै यही फागुन ५ र १७ गते कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update