नेभिगेशन
समाचार

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।

पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ ।नयाँ समय तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ ।

अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ ।

यसअघि माओवादीले जनतातिर फर्किने भन्दै यही फागुन ५ र १७ गते कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update