नेभिगेशन
समाचार

आकाशबाट तीव्र गतिमा खसेको विमान यसरी बजारियो मध्य सहरमा (भिडिओ)

आकाशबाट तीव्र गतिमा खसेको विमान यसरी बजारियो मध्य सहरमा (भिडिओ)

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ विमान चार माइल उडेपछि घना आवादी भएको सहरमा खसेको थियो।

जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए।

दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ। विमान मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै थिए।

जहाज दुर्घटना भएको भिडिओ सामाजिक सञ्जाल र अमेरिकी मिडियाहरूमा सार्वजनिक भएको थियो।

भिडिओमा विमान आकाशबाट तीव्र गतिमा खसेर बीच सहरमा बजारिएको देखिन्छ। खसेलगत्तै विमान ठूलो आवाजमा विस्फोट भएको र आगोको ठूलो लप्कामा विलिन भएको देखिन्छ। विस्फोटसँगै विमानका टुक्राहरू यत्रतत्र छरिएको दृश्य भिडिओमा देखिन्छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update