आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार पाकिस्तानको लाहोरमा भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्डले भारतसँगको उपाधि भेट पक्का गरेको हो।
न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१२ रन जोड्यो।
उसका लागि भान डेर डुसेनले ६६ बलमा ६९ रन र डेभिड मिल्लरले ६७ बलमा नटआउट १०० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा न्युजिल्यान्डका मिचेल
सान्टनरले ३ विकेट लिए भने म्याट हेनरी र ग्लेन फिलिप्सले २-२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रन जोड्यो।
न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतक प्रहार गरे। ओपनिङ ब्याटर रचिनले १०१ बलमा १३ चौका र १ छक्काको मद्दतमा १०८ रन बनाए।
विलियमसनले ९४ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १०२ रन बनाए
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com
Subscribe our monthly newsletter.