नेभिगेशन
समाचार

फ्लप फिल्मको कारण अभिनय छोड्न चाहन्थे अभिषेक बच्चन

फ्लप फिल्मको कारण अभिनय छोड्न चाहन्थे अभिषेक बच्चन

बलिउडका चर्चित अभिनेता हुन् अभिषेक बच्चन।

तर कुनै समय उनी फिल्म क्षेत्र छाड्न चाहन्थे। एक अन्तर्वार्तामा उनले बताएका छन् कि एक समय उनको सबै फिल्म लगातार फ्लप भइरहेको थियो, त्यतिबेला उनले अभिनय छोड्ने सोचेका थिए। 

'मेरो लगातार फिल्म फ्लप भइरहेको

थियो। अचानक मेरो अभिनयलाई लिएर पनि आलोचना सुरू भयो। त्यतिबेला म ठूला-ठूला निर्देशकसँग काम गरिरहेको थिएँ। मनमा यो आशा थियो कि उनीहरू मलाई केही सिकाउँछन् र गलति सुधार्छु। तर केही परिवर्तन भइरहेको थिएन,' उनले भने।

उनले थप्दै भने, 'मैले बुवालाई म अभिनयको लागि बनेको होइन रहेछु भने‌ं। त्यतिबेला मैले अरू केही गर्ने सोचबनाएँ। तर बुवाले मलाई अभिनय छाड्ने होइन, केही सिकेर राम्रो अभिनेता बन भन्ने सल्लाह दिनुभयो। उहाँले जुन फिल्म पाए पनि साइन गर भन्नु भयो। मैले त्यस्तै गरें।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update