नेभिगेशन
समाचार

अमेरिकामा तीनदिनको फरकमा फेरी अर्को विमान दुर्घटना

अमेरिकामा तीनदिनको फरकमा फेरी अर्को विमान दुर्घटना

काठमाडौं । अमेरिकामा शुक्रबार साँझ फेरी अर्को विमान दुर्घटना भएको छ ।

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा मेडिकल ट्रान्सपोर्टेसन मिसनमा खटिएको एउटा सानो विमान दुर्घटना भएको थियो ।बीबीसीको अमेरिकी सहयोगी

विमानमा एक डाक्टर, एक बिरामी बालकसहित ६ जना रहेको सीबीएसले जनाएको छ । विमान दुर्घटना के कति कारणले भएको थियो, त्यो अहिले खुलेको छैन । क्षतिको विवरण अहिले आइपुगेको छैन । दुर्घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्दारकर्मी परिचालन गरिएको छ ।सीबीएसका अनुसार विमान दुर्घटना हुँदा स्थानीय घर र सवारी साधनमा आगलागी भएको थियो । विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएका छन् 

लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६:३० बजे (स्थानीय समय) मा उडेको थियो । करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो।

रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको थियो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो।

बुधबार राति मात्रै वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो ।

रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update