बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले जारी गरेका पाँचवटा अध्यादेश स्वीकृतिका पेश हुने भएका छन्।
मंगलबार दिउँसो बसेको कार्यव्यवस्था समितिको बैठकले बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अध्यादेश स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्र यतिवेला ‘जनतासँग माओवादी: तराई मधेस जागरण अभियान’ मा छ । फागुन १२ गतेदेखि सुरु भएको अभियान तराई–मधेसको हुलाकी राजमार्ग हुँदै चैत ७ गते कञ्चनपुरमा गएर टुंगिनेछ ।
यस अभियानमा मधेसका नेताहरुले भने कठाछय सम्मा गरेको छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई वटै बोरिङ बिग्रिएपछि सोमवारदेखि पानीको अभाव भएको अस्पतालले जनाएको छ। दुई वटा बोरिङ मध्येमा एउटा एक साता पहिला नै बिग्रेको थियो भने अर्को सोमवारदेखि बिग्रेको हो । अस्पतालमा आपूर्ति हुने कुल पानीको मात्रा मध्येमा ७५ प्रतिशत बोरिङको माध्यमबाट र २५ प्रतिशत केयुकेएल मार्फत हुने गरेको छ ।
केयुकेएलको पानी पनि पानीको ट्र्याकमा लिक भएर कम आपूर्ति भएपछि अस्पतालमा सोमवारदेखि पानीको ठूलो सङ्कट परेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यराले बताए ।
नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय फिटनेस प्रशिक्षक मोनिकालाई युगान्डा सिरिजका लागि कन्डिसन प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। यसअघि मोनिकाले नेपाली यू१९ महिला टिमलाई एसिया कप र विश्वकपको दौरान फिटनेस प्रशिक्षकका रूपमा काम गरेकी थिइन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताएका छन्।
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरु नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई शुरु गर्नुपर्ने बताए।
नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि नेकपा एमाले मोरङको निर्वाचन बुधबारसम्मका लागि सरेको छ।
अधिवेशनमा संस्थापन पक्ष कमजोर हुने देखिएपछि निर्वाचन धकेलिएको एक प्रतिनिधिले बताए। उनका अनुसार जिल्लाको नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहबाट दुई प्यानलले उम्मेदवारी दिएकाछन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।
नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।
पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयलले कक्षा १० को परीक्षा संचालन सम्बन्धी २०८१ साल माघ २ गतेको परिपत्र अनुसार प्रति परीक्षा केन्द्रमा २ सय ५० जना विद्यार्थी संख्यामा हुनुपर्ने निर्णय अनुसार निर्णय कार्यान्वयनमा ल्याएकाे छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।
विमानस्थलस्थिोत सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिए युवा–युवती
चार करोड बढी लागतमा बन्ने राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको शिलान्यास भएको छ।
भारतीय दूतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण सुरू भएको हो। भवन निर्माण लागत चार करोड २४ लाख रुपैयाँ भएता पनि कुन निकायको कति भन्नेबारे खुलाइएको छैन।
आगामी २०८३ वैशाखमा भवन निर्माणको काम पूरा गर्ने लक्ष्य राखिएको छ।