नेभिगेशन
समाचार

नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी

नेपाली राष्ट्रिय पुरुष फु्टबल टिमको सहायक प्रशिक्षकको रुपमा सल्यान खड्गी नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार खड्गीलाई प्रशिक्षक म्याट रोसको सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। 

 

उनीसँगै गोलकिपर प्रशिक्षकको रुपमा विनोद महर्जन नियुक्त भएका छन्। रमेश कुमार कार्कीलाई टिमको व्यवस्थापक तथा नकुल हमाल ठकुरीलाई सहायक व्यवस्थापकको जिम्मेवारी दिइएको छ। निशान्त जोशी टिमको फिजियो थेरपीस्टको रुपमा रहनेछन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update