नेभिगेशन
समाचार

१२० थान खुकुरी चोरीको आरोपमा तीन जना पक्राउ

खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धादिङको धुनिबेशी नगरपालिका–५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहमद देवान छन् ।

उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । यो समूहले काठमाडौं सीतापाइलामा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोप छ ।

उनीहरुबाट प्रहरीले ४५ खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update