नेभिगेशन
समाचार

यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)

यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)

ललितपुर । ललितपुरको टिकाथली स्थित गोदावरी खोला नजिकै बोरिङ खनेको ठाउँमा निस्किएको ग्यासमा लागेको आगो  निभाइएको छ। बिहान करिब ८ः३० बाट बल्न सुरु भएको आगोको ज्वाला ११ः४० बजेतिर निभाइएको हो । 

आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । स्थानीयका अनुसार पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको थियो ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो । करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update