नेभिगेशन
समाचार

पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा

भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव आदानप्रदानका क्रममा सोमबार पोखरा आइपुगेको छ । गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको उक्त भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापालगायले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गरे । 

स्वागतपछि आयोजित परिचयात्मक कार्यक्रममा पुडुचेरीका सभामुख सेल्वमले गण्डकी प्रदेशसभाका सभामुखसहित प्रदेशसभा सदस्यलाई पुडुचेरी भ्रमणका लागि निमन्त्रणा गरेका थिए । उनले पोखराजस्तै पुडुचेरी पनि पर्यटकीय महत्वको स्थल भएको बताउँदै दुई प्रदेशबीचको पर्यटन विकासमा भ्रमणले सघाउ पुर्याउने विश्वास व्यक्त गरे । सो अवसरमा गण्डकी प्रदेशसभाका सभामुख धितालले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध विस्तारमा भ्रमण महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update