नेभिगेशन
समाचार

पाथिभरा केबलकारबिरुद्धको आन्दोलनमा गोली चलाउनेमाथि कारबाहीको माग

ताप्लेजुङ पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गोली चलाउने आदेश दिनेमाथि गृह प्रशासकमाथि सख्त कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीले माग गरेको छ। पार्टीले उक्त घटनाका क्रममा भएका सबै घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।

ताप्लेजुङ पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गोली चलाउने आदेश दिनेमाथि गृह प्रशासकमाथि सख्त कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीले माग गरेको छ। पार्टीले उक्त घटनाका क्रममा भएका सबै घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको विज्ञप्तिमा गोलीकाण्डको घोर विरोध तथा तीव्र भर्त्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केबलकार निर्माणसँग सम्बन्धित यो आन्दोलन जनताको आस्था, संस्कृति, संस्कार र भावनासँग जोडिएको हुनाले बल प्रयोग गरेर यसको समाधान हुन सक्दैन । सीमित दलाल पुँजीपतिको पक्षमा उभिएर होइन स्थानीय जनतासँग बसेर आपसी सहमतिका आधारमा यस समस्याको समाधान खोज्न हाम्रो पार्टी सरकारसँग विशेष माग गर्दछ ।’

गत माघ १२ गते सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता घाइते भएको पार्टीको भनाइ छन्। घटनामा घाइते मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षामा उपचार भइरहेको छ । अन्य घाइतेहरू पनि विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update