नेभिगेशन
समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि ‘एउटा ठूलो रात’ हुने घोषणा गरेका छन्।

उनले सोमबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा भोलि एउटा ठूलो रात हुने उल्लेख गरेका हुन्। ट्रम्पले लगातार दुई पोस्ट गरेका छन्।

पहिलो पोस्टमा उनले लेखेका छन्, ‘पुटिनको रुसलाई युक्रेनका कुनै पनि भूमि दिन हुन्न भन्ने एक मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प हो।’

उनले अगाडि लेखेका छन्, ‘याद राख्नुहोस् कि कमजोर र प्रभावहीन डेमोक्र्याटहरूले आलोचना गर्छन् र फेक न्युजले उनीहरूले भनेका सबै कुरा खुसीसाथ प्रचार गर्छन्।’

रुसी आक्रमणबाट पीडित युक्रेनका पक्षमा बेलायतमा युराेपेली मुलुकका नेताहरूको बैठक बसेको भोलिपल्ट सोमबार ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्। 

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समेत सहभागितामा लन्डनमा युक्रेनबारे युराेपेली मुलुकका नेताहरूले छलफल गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update