नेभिगेशन
समाचार

कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत भेटिए

कांग्रेसको भीमदत्त नगरसभापति अच्युत कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका-१८ ‍को वडा कार्यालय नजिकको बाटोमा मृत भेटिएका हुन्।

कांग्रेसको भीमदत्त नगरसभापति अच्युत कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका-१८ ‍को वडा कार्यालय नजिकको बाटोमा मृत भेटिएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्दका अनुसार कलौनी शनिबार बाटोमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

घटनापछि कञ्नपुरका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको छ।अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ। अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update