नेभिगेशन
समाचार

युक्रेनलाई सहयोग गर्न युरोपेली देशको ‘इच्छुकहरुको गठबन्धन’

युक्रेनलाई सहयोग गर्न युरोपेली देशको ‘इच्छुकहरुको गठबन्धन’

काठमाडौं : रुसी आक्रमणको मारमा परेको युक्रेनलाई सहयोग गर्न बेलायतसहित युरोपेली देशहरुले थप अग्रसरता देखाएका छन्। 

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनको सुरक्षाका लागि भन्दै फ्रान्ससहित ‘इच्छुकहरुको गठबन्धन’ घोषणा गरेका छन्। उनले यो गठबन्धनमा अमेरिकालाई पनि समेट्ने प्रयास हुने बताए। 

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाईट हाउसमै आयोजित द्विपक्षीय वार्ताका क्रममा अपमानित गरेका थिए। त्यसलगत्तै बेलायत पुगेका जेलेन्स्कीको त्यहाँ भव्य स्वागत

त्यसलगत्तै लण्डनमा भएको युरोपका १८ देशका नेताको शिखर सम्मेलनपछि स्टार्मरले आफूहरु इतिहासको एक चौबाटोमा रहेको भन्दै युक्रेनलाई बलियो सहयोग गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताएका थिए। साथै उनले यो सम्मेलनमा लामो समयदेखि नदेखिएको अत्यन्तै उच्चस्तरको युरोपेली एकता प्रदर्शित भएको बताए। 

सम्मेलनपछि युक्रेनलाई सैन्य सहयोग जारी राख्ने तथा रुसमाथि आर्थिक दबाब बढाउने सहमति भएको बेलायती प्रधानमन्त्री स्टार्मरले बताएका थिए। यस्तै स्थायी शान्ति र युक्रेनको सम्प्रभुता रक्षाका लागि युक्रेन कुनै पनि शान्ति वार्तामा सहभागी हुने, शान्ति सम्झौताको

स्थितिमा कुनै पनि भावी आक्रमण रोक्नका लागि युक्रेनले रक्षात्मक क्षमता बढाउने र युक्रेनको रक्षाका लागि ‘इच्छुक देशहरुको गठबन्धन’ बनाउने सहित ४ वटा सहमति भएको उनले बताए। 

शिखर सम्मेलनपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्ति र सुरक्षाको सुनिश्चितताका लागि अमेरिकी साथ र सहयोगको आधार खोज्नका लागि सबै युरोपेली देश एक हुने निष्कर्षमा पुगेको बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update