नेभिगेशन
समाचार

ओस्कर अवार्ड : जोई सलडाना बनिन् उत्कृष्ट सह-अभिनेत्री

ओस्कर अवार्ड : जोई सलडाना बनिन् उत्कृष्ट सह-अभिनेत्री

लस एन्जिलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो।एमिलिया पेरेज' मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्। ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सलदानाले भनिन्, ‘म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।’यस वर्ष आयोजना भइरहेको ९७ औं ओस्कार अवार्डमा फिल्म 'अनोरा' ले उत्कृष्ट सम्पादनको अवार्ड जितेको छ। अहिलेसम्म पल टेजवेलले पोशाक डिजाइनको लागि ओस्कर पुरस्कार प्राप्त गरिसकेका छन्। यो श्रेणीमा कुनै अश्वेत व्यक्तिले ओस्कर पुरस्कार पाएको यो पहिलो पटक हो।यसैबिच, इरानी फिल्म निर्माताहरू हुसेन मोलेमी र शिरिन सोहानीले 'द स्याडो अफ द साइप्रस' को लागि एनिमेटेड सर्ट फिल्मको श्रेणीमा ओस्कर पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update