नेभिगेशन
समाचार

कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा

कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर  कोइराला रुपन्देही आएका छन् । आज दिउसो गौतम बुद्ध विमानस्थलबाट रुपन्देही आएका कोइराला कांग्रेसका नेता तथा कार्यकर्ता भेटघाटमा केन्द्रित भएका छन् ।मातृ शोकमा रहेको कांग्रेसका पूर्व जिल्ला सदस्य डिल्लीराज ज्ञवालीको निवास सैनामैना पुगेर कोइरालाले समवेदना प्रकट परेका छन् । यस्तै उनले आज भारतको कलेजमा मृत्यु भएकी विद्यार्थी प्रकृति लम्सालको भैरहवास्थित घरमा  पुग्ने कार्यक्रम रहेको कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले बताए । बुटवलमा भोलि हुने  राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान विषयक कार्यशाला गोष्ठी उद्घाटन गर्न उनी आज रुपन्देही आएका हुन्कोइरालालाई भैरहवामा कार्यकर्ताहरुले १५ किलोको माला लगाएर स्वागत गरेका थिए । कांग्रेस महाधिवेशन नजिक आउन थालेपछि  नेताहरू जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाटमा केन्द्रित हुन थालेका छन् । यही हप्ता रुपन्देहीमा कांग्रेसका महामन्त्री गगन थापा पनि आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update