नेभिगेशन
समाचार

ह्वाइट हाउसमा चर्काचर्कीपछि दर्जनौं युरोपेली नेताहरूको जेलेन्स्कीलाई समर्थन गरेका छन्

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुलह गर्न भनेर वाशिङ्टन गएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निराश भएर फर्किए।

ह्वाइट हाउसमा जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की पर्‍यो, भनाभन भयो।

त्यसपछि खनिज सम्झौतामा हस्ताक्षर गर्ने विषयले प्रवेश पाएन। संयुक्त पत्रकार सम्मेलन पनि स्थगित भयो र ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन दियो।

सम्बन्ध थप बिग्रिएपछि जेलेन्स्की निराश भएर ह्वाइट हाउसबाट बाहिरिँदै अमेरिकालाई धन्यवाद भनेर एक्समा लेखेका थिए।

ह्वाइट हाउसमा भएको चर्काचर्कीको भिडियो सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

चर्काचर्कीपछि युरोपेली नेताहरूले तत्काल प्रतिक्रिया जनाउँदै युक्रेन र जेलेन्स्कीको समर्थन गरेका छन्।

फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले युक्रेन र जेलेन्स्कीको समर्थन गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update