नेभिगेशन
समाचार

६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस

आजको संसद मा ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस भएका छन्।

सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस भएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा शुक्रबार ६ वटा अध्यादेश पेस भएका हुन् ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेस भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update